२१ असार २०८३, आइतबार | July 5, 2026

१०औं महाधिवेशनमा प्रतिनिधि संख्या १ हजार ९९९ बनाउने एमालेको निर्णय



काठमाडौं । नेकपा (एमाले)ले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या थप गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा प्रतिनिधिससंख्या १ हजार ९९९ बनाउने निर्णय गरेको हो ।
यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने मापदण्ड बनाएको थियो ।

तर आजको बैठकमा केन्द्रीय सदस्यहरुले प्रतिनिधिको संख्या थप्नुपर्ने माग गरेपछि थपिएको हो ।
बिहीबारको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने गरी मापदण्ड तय गरेको थियो ।

बैठकले यहि कात्तिक २७ गते शनिबार एकैदिन देशभका प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

एमालेको दशौं महाधिवेशन आगामी मंसिर १० देखि १२गतेसम्म चितवनमा हुँदैछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ११ बजे

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर