२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

लगातार तेस्रो जितसँगै पाकिस्तान सेमिफाइलन नजिक



काठमाडौं । पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । आसिफ अलीले विस्फोटक ब्याटिङ गरेपछि अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तान सेमिफाइलन नजिक पुगेको हो ।

लगातार तेस्रो जित निकालेको पाकिस्तान सुपर १२ को समूह २ मा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । सुपर १२ मा अब नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी रहेकाले सेमिफाइलन यात्रा लगभग पक्का भएको छ । पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानको पनि सेमिफाइनल सम्भावना बाँकी नै छ ।

दुबइमा पहिला ब्याटिङ गर्दै अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पाकिस्तानले १९ औं ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । अन्तिम २ ओभरको खेल बाँकी छँदा २४ रन चाहिएको अवस्थामा १९ औं आभेरमा आसिफ अलीले ४ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । उनले ७ बलमा २५ रन बनाए ।

यस्तै, कप्तान बाबर अजामले अर्धशतक बनाए । उनले ४७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोडे। यस्तै, फखर जमानले ३० र सोएब मल्लिकले १९ रनको योगदान दिए ।

अफगानिस्तानका लागि रसिद खानले २ विकेट लिए भने मुजिब उर रहमान र जीवन उल हक र कप्तान मोहम्मद नाबीले समान १ विकट लिए । पाकिस्तानविरुद्ध १ विकेट लिएसँगै रसिद खान टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १ सय विकेट लिने खेलाडी बनेका छन् । उनले ५३ खेलमा यो उपलब्धि हाँसिल गरेका हुन् ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनायो। कप्तान नाबी र गुल्बाद्दिन नइबले समान ३५ रन बनाउँदा नाजिबुल्लाह जद्रानले २२ र करिम जन्नतले १५ रन बनाए । पाकिस्तानका इमद वासिमले २ विकेट लिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : २५ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात