१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

१६ वर्ष पुरानो देउसी भैलो गीत परिमार्जनसहित फेरी आयो बजारमा (भिडियोसहित)



काठमाडौं । २०६२ सालमा नेपालमै पहिलो पटक देउसी भैलोको भीसीडी निकालेका लोक गायक बम बहादुर कार्कीले रेकर्ड भएको १६ वर्ष पछि सोही गीतलाई युट्युवमार्फत सार्वजनिक गरेका छन् । १६ वर्ष अगाडी राम्रो बजार लिएको देउसी भैलो गीतको भिडीयो परिमार्जन गर्दै कार्कीले युट्यूवमा सार्वजनिक गरेका हुन् ।

तिहारको अवसरमा नेपालमा गाइने देउसी र भैलोको भाकालाई टिपेर तयार गरिएको गीतमा मौलीकता र नेपालीपन झल्केको गायक कार्कीले बताए । बमबहादुर कार्की, शिवा आले, खड्ग गर्बुजा, शर्मिला गुरुङ, चन्द्रकला शाह, ऋषि अधिकारी, नबिन पौडेल, राधीका हमाल, सम्मन गुरुङ, पवित्रा थापा, मिना गुर्वुजा, लक्ष्मी बस्नेत, नवमाया घले, मनु गुरुङको आवाज रहेको देउसी भैलोको शब्द संकलन बमबहादुर कार्की र शिवा आलेले गरेका छन् भने निर्देशन गोपाल केसीको रहेको छ ।

तत्कालको अवस्थामा भीसीडीमा लगानी गरेको लगानीकर्ता (उत्पादक) गोपाल के सी र गोमा के सी, भिडियो निर्माता गोपाल बासकोटा, संगीत संयोजक आइ सिङ लामा, बाद्यबादक तीर्थबहादुर गन्धर्व र ढालबहादुर नेपालीको मृत्यु भईसकेको गायक कार्किले बताए । ६ जना सर्जकहरुको स्मरणमा नै युट्यूव च्यानलमा नयाँ संस्करण ल्याइएको समेत उनले बताए ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ३ : १९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा