६ भदौ २०८३, शनिबार | August 23, 2026

आगामी निर्वाचनमा काँग्रेसले कसैसँग सहकार्य गर्दैन : काँग्रेस नेता मिन विश्वकर्मा



बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले नारा अनुसार समावेशी रुपमा नेपाली काग्रेसलेमात्र काम गर्दै आएको दाबी गरेका छन् । बुटवलमा काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता विश्वकर्माले जनताको भावना अनुसार चल्ने पार्टी नेपाली काँग्रेस मात्र भएको बताए ।

विश्वकर्माले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग सहकार्य नगर्ने बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर अगाडी लैजाने बताउँदै कसैसँग पनि सहकार्य नगरी एक्लै चुनाव जित्ने दाबी गरे । ‘आउने चुनावमा पार्टीलाई एकढिक्का बनाएर हामि कसैसँग पनि सहकार्य नगरी एक्लै चुनाव जित्छौं ।’, उनले भने ।

उनले कम्युनिष्टहरुबाट देश र जनताको हितमा काम हुन नसक्ने प्रमाणित भइसकेको बताउँदै मुलुकको अभिभारा फेरी काँग्रेसको काँधमा आएको स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै काठमाडौ महानगरपालिकाका उपप्रमुख एवं काँग्रेस नेतृ हरिप्रभा खड्कीले हरेक पार्टीमा महिलाहरु अझै पनि नेतृत्वमा आउन नसकेको दुखेसो गरिन । पुरुष सरह महिलाहरु पनि नेतृत्व गर्न सफल रहेको भन्दै उनले महिलालाई घरायसी कामबाट मुक्त गराएर राजनितिमा ल्याउनुपर्ने बताइन् ।

महासमिति सदस्य काजीमान श्रेष्ठले नेपाली काग्रेसमा एउटा लहर आएको भन्दै नया पार्टी प्रवेश गरेका सदस्यलाई पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी दिने र उत्प्रेरणा दिन जरुरी रहेको बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ११ मा भएको कार्यक्रममा स्थानिय ५ सय बढी अन्य पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई काँग्रेस केन्द्रीय सदस्य विश्वकर्मा, कठमाडौं महानगरकी उपप्रमुख खड्की लगायतले फुलमाला र टिका लगाउँदै पार्टी प्रवेश गराएका थिए ।

कायृक्रममा महासमिति सदस्य युवराज गिरी, बाल कुमारी भण्डारी, राम बहादुर कार्कि, क्षेत्र नं २ का सभापति हरि लम्साल नेपाल, नेपाली काग्रेस पार्टी रुपन्देही जिल्ला सचिव रामकृष्ण खाड, नगर सभापति खेलराज पाण्डे, वडा नं ११ का सभापति जित बहादुर मल्ल लगायतले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : ५५ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र