१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कालो पट्टी बाँधेर कानून व्यवसायीहरु प्रदर्शनमा उत्रिए, सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आजदेखि चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।

बारको अगुवाईमा आज सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । कालोपट्टी बाँध्ने विरोधको कार्यक्रम तीन दिन जारी रहनेछ ।

आन्दोलनलाई लक्षित गर्दै सर्वोच्च परिसरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अदालत प्रवेशमा कडाई गरिएको छ । अदालतका कर्मचारी र कानूनव्यवसायीहरुलाई परिचयपत्र देखाएर मात्र परिसरभित्र प्रवेश गर्न दिइएको छ ।

पदीय आचरण विपरित काम गरेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले यही का
ित्तक १२ गते आन्दोलनको घोषणा गरेको हो । राजनीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारले जनाएको छ ।

वर्तमान गठबन्धन सरकारमा प्रधानन्यायाधीशको समेत ‘भाग’ राख्न प्रस्ताव राखेको भन्ने खबर सार्वजनिक भएसँगै प्रधानन्यायाधीश जबराको विरोध सुरु भएको थियो । सर्वत्र विरोध भएपछि प्रधानन्यायाधीशका जेठान नाता पर्ने बाँकेका गजेन्द्र हमालले उद्योगमन्त्री पदमा सपथ खाएको ३ दिनमै राजीनामा दिएका थिए

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : २० बजे

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।