२२ माघ २०८२, बिहिबार | February 5, 2026

तिहारमा मनलाग्दी मूल्यवृद्धि, सरकार मौन



काठमाडौं । एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ ।

८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी एक सातामै किन सयको हाराहारीमा पुग्यो त ? जवाफ स्पष्ट छ, तिहार र छठपर्वमा चिनीको जहिले पनि अभाव हुन्छ । यही अभावलाई मौकाका रूपमा लिँदै चौका हान्न व्यापारी कुरेर बसिरहेका हुन्छन् ।

सरकारलाई स्पष्ट रूपमा थाहा छ, हरेक तिहारमा चिनीको अभाव हुन्छ । यस्तो अभाव हुन नदिन सरकारले पहिले नै सोचविचार गर्नुपर्ने हो ।

नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठको भनाइअनुसार साल्ट टे«डिङसँग मौज्दात चिनी नहुँदा बजारमा अहिले चिनीको मूल्यवृद्धि भएको हो ।

अध्यक्ष श्रेष्ठको यो भनाइले स्पष्ट पार्छ, सरकार उपभोक्ताको पीडा सुन्दैन, समस्या बुझ्दैन । उपभोक्ताको खल्तीबारे मतलब राख्दैन । बरु उल्टै मौकामा चौका दाउ हान्न खोजिरहेका व्यापारी÷व्यवसायीलाई साथ दिन्छ । सरकारी निकायले थोरै मात्र अनुगमन गर्ने हो भने पनि यति साह्रो महँगी बढ्ने थिएन ।

बजार अनुगमन गर्ने कर्मचारी नै ठूला व्यापारीको पक्षमा लाग्दा चाडबाडमा सामानको भाउ बढ्ने गरेको बताउँछन् नेपाल खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर ।

‘अहिले चिनी, खाने तेल र केही भाइमसलाको मूल्यवृद्धि भएको छ, अहिले मूल्य बढाउनुपर्ने कुनै कारण नै छैन, ठूला व्यापारीको चलखेलले बजारममा मूल्यवृद्धि भएको हो,’ महासचिव तुलाधर भन्छन्, ‘सरकारले कडाइका साथ ठूला व्यापारीलाई केन्द्रित गरी बजार अनुगमन गर्ने हो भने अहिले वृद्धि भएको सबै मूल्य नियन्त्रणमा आउँछ ।’

अहिले भाइमसलामध्येको छोकडा, सुपारी, नरिवलको भाउ बढेको छ । काजु, बदाम, ओखर, दालचिनीलगायतको मूल्य अघिल्लो वर्षको जस्तै छ । सबै प्रकारको खाने तेलमा प्रतिलिटर १ सय रुपैयाँसम्म वृद्धि भएको छ । यस्तै, आटा र मैदाको भाउ पनि बढेको छ ।

तिहारमा सामानको मूल्य बढ्नुको अर्को कारण हो बजार अनुगमन गर्ने नियामक निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन हुनु । यसको फाइदा ठूला थोक व्यापारीले लिएको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।

उनले तिहार र छठ पर्वमा चिनी, तेल, आटा, मैदा र बिजुलीका सामग्री, भाइमसला, फलपूmलको खपत बढी हुने हुँदा व्यापारीले ती वस्तुमा नै मूल्यवृद्धि गरेको बताए । ‘बजारमा सरकारको उपस्थिति नै छैन, त्यसैले व्यापारीले विभिन्न बाहानामा उपभोक्तालाई ठग्ने काम गरिरहेका छन्,’ अध्यक्ष तिमल्सिना भन्छन् ।

उनले तिहारमा चिनीको खपत धेरै नै हुने हुँदा साता दिनअघि ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले थोक बजारमा नै ९३ रुपैयाँसम्म लिने गरेको बताए । उनले सरकारसँग स्थानीय बजारको माग र आपूर्तिको यकिन तथ्यांक नहुँदा चाडवर्पमा विभिन्न बहाना बनाएर व्यापारीले आपmू अनुकूल मूल्य बढाउने गरेको बताए ।

‘जबसम्म सरकारसँग बजारको माग र आपूर्तिको यकिन तथ्यांक हुँदैन तबसम्म व्यापारीले उपभोक्तालाई मनलाग्दी ठगी गरिरहन्छन्,’ उनको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन पनि सरकारको सहयोगमा नै व्यापारीले बजारमा मनपरी मूल्य बढाउने गरेको दाबी गर्छन् । ‘चाडपर्वमा उपभोक्तालाई ठगिन नदिन प्रभावकारी अनुगमन गर्नुपर्ने दायित्व सरकारको हो तर सरकार कालोबजारीले इच्छा अनुसार चलेपछि कसको के लाग्छ ?,’ उनले भने ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक डमरुप्रसाद निरौला नै बजारमा भएको अनुगमनबारे आफूलाई केही थाहा नभएको बताउँछन् । आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : २३ बजे

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो