७ बैशाख २०८३, सोमबार | April 20, 2026

आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट : अपराजित रहँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश



काठमाडौं । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर-१२ को समूह-२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।

जितका लागि १९० रनको लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० रनको योगदान दिए । ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५ रनको योगदान गरे ।

पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १-१ विकेट लिए । यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ७० रनको योगदान दिए । समूह-२ मा पाकिस्तान ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्याण्ड तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।

समूह-१ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश पुछारमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ३२ बजे

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम