२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट : अपराजित रहँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश



काठमाडौं । लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर-१२ को समूह-२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।

जितका लागि १९० रनको लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० रनको योगदान दिए । ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५ रनको योगदान गरे ।

पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १-१ विकेट लिए । यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ७० रनको योगदान दिए । समूह-२ मा पाकिस्तान ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्याण्ड तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।

समूह-१ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश पुछारमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ३२ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात