२६ बैशाख २०८१, बुधबार | May 9, 2024

पाँच कस्तुरी मृत फेला



मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग र फ्याउरो फेला पारेको हो ।

प्रहरी निरीक्षक आशिष अधिकारीले दुई दिन गस्ती गर्दा एउटा भाले कस्तुरी जिउँदो, दुई भाले, दुई पोथी कस्तुरी मृग र एउटा फ्याउरो मृत भेटिएको जानकारी दिए । “पासोमा परेको जिउँदो भाले कस्तुरी मृग जङ्गलमै छोडेर आएका छौँ”, उनले भने, “तस्करले बनाएको १४१ थान पासोसमेत बरामद भएको छ ।”

अखेटोपहार तस्करी गर्नका लागि वन्यजन्तुलाई पासो थापेर मारिएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिलो दिन १२ किलोग्राम तौल भएको एउटा भाले, १२ किलोग्राम २८० ग्राम तौल भएको दुई वटा पोथी कस्तुरी र पाँच किलो ३५० किलोग्राम तौल भएको भाले फ्याउरो मृतावस्थामा भेटिएको थियो ।

दोस्रो दिन १३/१३ किलोग्राम तौल भएको मृत र जिउँदो एकरएक वटा मरेको भाले कस्तुरी भेटिएको थियो । भाले कस्तुरीको नाभी जडीबुटीका रूपमा धेरै मूल्यमा बिक्री हुने गर्छ । पोथी कस्तुरी मृगको नाभी हुँदैन् । नाभीका लागि भाले कस्तुरीको अवैध शिकार हुने गर्छ । नाभी काटेर लगिएका भाले कस्तुरी सडेगलेको अवस्थामा थियो ।

पासोसहित मृतावस्थामा भेटिएका वन्यजन्तु व्यवस्थापनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को इलाका संरक्षण कार्यालय जोमसोममा बुझाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । चोरी शिकारी गर्ने समूहको खोजी तीव्र बनाइएको उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ८ : ५२ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s