२९ मंसिर २०८२, सोमबार | December 15, 2025

५ नम्बर प्रदेश पनि कोभिड १९ बाट अछुतो रहेन, एकै दिन २ जना संक्रमित भेटिए



बुटवल । कोरोना भाइरसबिगत २ दिन शान्त भएको कोरोना कहर आज फेरी चलमलाएको छ । अहिले सम्म कोरोना भाइरस मुक्त रहेको प्रदेश नम्बर ५ मा एकै दिनमा २ जना संक्रमीतको पुष्टी भएपछि प्रदेशमा खतराको घण्टी बजेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्ती प्रकाशित गर्दै बांके र रुपन्देहीमा १-१ जनामा संक्रमण पुष्टी भएको जनाएको छ । बिज्ञप्तीमा रुपन्देहीका २५ बर्षिय पुरुष र बांकेका ६० बर्षिय पुरुषमा संक्रमण देखिएको उल्लेख गरिएको छ ।

आज गरिएको पिसिआर परिक्षणमा बांकेमा १ जना र रुपन्देहीको एक जनाको स्वावको नमुना परिक्षण गर्दा पोजेटिभ नतिजा आएको हो । आज बिहानै संक्रमणको पुष्टी भए लगत्तै बांके र रुपन्देहीमा स्थानीय प्रशासन सम्बद्धहरुको आकस्मिक बैठक बसेको थियो ।

नेपालगन्जका बिभिन्न धार्मिक संस्थाहरुमा बस्ने ११ जनाको स्वाको नमुना लिईएकोमा १ जनाको पोजेटिभ नतिजा आएको थियो । बांके र रुपन्देहीमा थपिए सँगै संक्रमित हुनेको संख्या ५९ पुगेको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : २८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती