१८ श्रावण २०८३, सोमबार | August 3, 2026

५ नम्बर प्रदेश पनि कोभिड १९ बाट अछुतो रहेन, एकै दिन २ जना संक्रमित भेटिए



बुटवल । कोरोना भाइरसबिगत २ दिन शान्त भएको कोरोना कहर आज फेरी चलमलाएको छ । अहिले सम्म कोरोना भाइरस मुक्त रहेको प्रदेश नम्बर ५ मा एकै दिनमा २ जना संक्रमीतको पुष्टी भएपछि प्रदेशमा खतराको घण्टी बजेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्ती प्रकाशित गर्दै बांके र रुपन्देहीमा १-१ जनामा संक्रमण पुष्टी भएको जनाएको छ । बिज्ञप्तीमा रुपन्देहीका २५ बर्षिय पुरुष र बांकेका ६० बर्षिय पुरुषमा संक्रमण देखिएको उल्लेख गरिएको छ ।

आज गरिएको पिसिआर परिक्षणमा बांकेमा १ जना र रुपन्देहीको एक जनाको स्वावको नमुना परिक्षण गर्दा पोजेटिभ नतिजा आएको हो । आज बिहानै संक्रमणको पुष्टी भए लगत्तै बांके र रुपन्देहीमा स्थानीय प्रशासन सम्बद्धहरुको आकस्मिक बैठक बसेको थियो ।

नेपालगन्जका बिभिन्न धार्मिक संस्थाहरुमा बस्ने ११ जनाको स्वाको नमुना लिईएकोमा १ जनाको पोजेटिभ नतिजा आएको थियो । बांके र रुपन्देहीमा थपिए सँगै संक्रमित हुनेको संख्या ५९ पुगेको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : २८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क