११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्र बैंकले ६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब गरी कूल ६ अर्ब १० करोडको टे«जरी बिल आज बोलकबोल गर्न लागेको हो ।

बैंकका अनुसार ९१ दिने टे«जरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने टे«जरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ ।

यसअघि यही कात्तिक १५ मा बैंकले एक अर्ब ६६ करोडको टे«जरी बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : २१ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम