२१ भदौ २०८३, आइतबार | September 6, 2026

सङ्घीय निजामती सेवा ऐन : कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै



काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् ।

मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

मन्त्री श्रेष्ठले भने, “म सङ्घीयतासँगै कर्मचारीमैत्री भएकाले मेरो कार्यकालमा कर्मचारीमैत्री नीति बनाउने पहल गरिरहन्छु ।” सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थित गर्न सङ्घीय निजामती सेवा ऐन अत्यावश्यक भएकाले पटक पटक संसद् अवरुद्ध हुँदा अध्यादेशबाट भए पनि ऐन जारी गर्न सङ्घीय निजामती विधेयक संसद्बाट फिर्ता गरिएको मन्त्री श्रेष्ठले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ५० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका