१६ माघ २०८२, शुक्रबार | January 30, 2026

‘कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक



काठमाडौं । ‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । सिक्किम निवासी अग्रवालकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंको चाहविलस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार दिउँसो आमालाई कोठामा छाडेर बाहिर काम विशेषले निस्केका अग्रवाल बेलुकी फर्किँदा आमालाई अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि तत्काल उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्‍याउँदा डाक्टरहरुले मृत घोषित गरेका हुन् । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी रहेको बुझिएको छ ।

दुर्गाको अन्तिम संस्कार भने सिक्किममै गरिने बताइएको छ । दुर्गाको निधन प्रति सामाजिक संजाल मार्फत थुप्रै सेलिब्रेटीले शोक ब्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ४६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र