१९ बैशाख २०८१, बुधबार | May 1, 2024

नक्कली अन्त:शुल्कको स्टिकर टाँसेर सामान बेच्ने रुपन्देहीका १२ उद्योगी विरुद्ध मुद्दा दायर (विज्ञप्ति सहित)



बुटवल ।  रुपन्देही र यस आसपासमा बिभिन्न उद्योग संचालन गरिरहेका १२ जना उद्योगीहरु विरुद्ध राजश्व अनुसन्धान विभागले राजश्व चुहावतको अभियोगमा मुद्दा चलाएको छ । विभागले नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा रुपन्देही र यस आसपासमा उद्योग सञ्चालन गरिरहेका १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो । नक्कली अन्तशुल्कको स्टिकर टाँस्ने उद्योगीहरुमा अधिकांस रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक रहेका छन् ।

उनीहरूविरुद्ध विभागले पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरेको विभागले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । उद्याृग सञ्चालकहरुले अर्को उद्योगसँग मिल्दो नम्बरको नक्कली स्टिकर टाँस्ने देखि विभागले जारी गरेकै जस्तो फर्जी स्टिकर टाँसेर माल वस्तु बेच्ने गरेको विभागले आरोप लगाएको छ । केहि महिना अगाडि रुपन्देहीको सिद्धार्थनगर नगर क्षेत्रबाट करोड बढीको आन्तरिक राजश्व विभागको नक्कली स्टिकर बरामद भएको थियो ।

यस्तो छ विभागको विज्ञप्ति :

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ३१ बजे

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना