११ कार्तिक २०८३, बुधबार | October 28, 2026

कांग्रेसमा देउवा-निधि सम्बन्धः सहयात्रा अब प्रतिस्पर्धातिर



काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए ।

गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे ।

पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौँमा तोकिएको १४ औँ महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् ।

दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ ।

काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको महत्त्वपूर्ण रहेको थियो ।

फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच एकीकरणको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि हुन् निधि । झण्डै तीन दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन् । आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : २८ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६

पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

तिहारसम्म सयपत्री फूल जोगाउने चिन्तामा किसान

झापा । झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने

कात्तिक १२, १३ र १४ गते उच्चसतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब