२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भन्सार छलेर ल्याइँदै गरेको पाँच लाख रुपैयाँ बढीको सामान बरामद



कञ्चनपुर । प्रहरीले रु पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।

कृष्णपुर नगरपालिका-५ गुलरियास्थित पूर्व-पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सु प प्र ०२००२१ नम्बरको मिनीट्रकबाट बिहीबार प्रहरीले सो सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका-७ बस्ने वर्ष २१ का मिनीट्रक चालक नवीन कुँवरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको पाइएको हो ।

ट्रकमा ल्याइएको सामानमा लेडिज सुट २७० थान अन्दाजी मूल्य रु एक लाख ८९ हजार, मिस्री १४५ बोरा अन्दाजी मूल्य रु दुई लाख ६१ हजार र पेठा मिठाई ८९ डिब्बा अन्दाजी मूल्य रु ९३ हजार ४५० बराबरको छ ।

बरामद सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : २६ बजे

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परिक्षण हुदैं

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका