११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

संसद् बैठक सञ्चालनको तयारीबारे सभामुखबाट छलफल



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ । संघीय संसदको बजेट अधिवेशन बैशाख २६ गतेबाट बस्दैछ ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटाले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । छलफलका क्रममा सभामुख सापकोटाले सङ्घीय संसद्का तर्फबाट गर्न सकिने सबै पूर्वतयारी गर्न निर्देशन दिनुभएको थियो ।

सङ्घीय संसद् सचिवालयले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले सङ्घीय संसद् भवनमा यही वैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरुको बसाइ व्यवस्थापन गरिरहेको जनाएको छ ।

यही वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोख्रेलसहितको तीन सदस्यीय टोलीले सङ्घीय संसद् भवनको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि स्वास्थ्य टोलीले सबै सांसदहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन र सभाहलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यवस्था मिलाउन सुझाव दिएको थियो ।

टोलीले सांसदहरुका लागि सर्जिकल माक्सको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माइक एकजना सांसदले बोलिसकेपछि सानिटाइज गरेर मात्रै अर्को सांसदले बोल्ने व्यवस्था मिलाउन, हरेक टेबलमा सानिटाइजर राख्न, बैठक कक्षको ‘सेन्ट्रल एसी’ नचलाउनेलगायतका सुझाव दिएको थियो ।

यसैबीच सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० दुवै सदनको छैटौँ अधिवेशन यही वैशाख २६ गतेदेखि शुरु हँुदैछ । नेपालको संविधानअनुसार, सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बर्खे अधिवेशन आगामी शुक्रबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी आह्वान गर्नुभएको हो । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरुलाई उक्त मिति, समय र स्थानमा उपस्थितिका लागि सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ५ : ४६ बजे

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को