२९ मंसिर २०८२, सोमबार | December 16, 2025

जिल्लास्तरीय अन्तर मावि टेबलटेनिस प्रतियोगिता



बुटवल । रुपन्देहीमा दुई दिने जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता शुरु भएको छ । लियो क्लब अफ बुटवलको आयोजनामा आईतबारदेखि जिल्लास्तरीय कृष्ण देवि बज्राचार्य स्मृति अन्तर मावि टेबलटेनिस प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहश्राम यादवले उद्घाटन गरेका छन । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यका क्लबको आयोजनामा विगत लामोसमयदेखि प्रतियोगिता आयोजना गरिदै आएको लियो क्लब अफ बुटवलका अध्यक्ष रमेश न्यौपानेले बताए ।

कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका प्रदेश संयोजक विष्णु ढकाल, रुपन्देही जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्य, प्रमुख सल्लाहकार अर्जुनमान सैजु, संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, लियो सल्लाहकार सन्जय जैसवाल, रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रमुख राजेन्द्र श्रेष्ठ, पुर्वअध्यक्ष समितराज बज्राचार्य, टेबलटेनिस लेभल २ प्रशिक्षक महेश खनालले ब्यवसायिक रुपमा खेलाडी तयार गर्ने आधार बनाउन सरकारबाट सहयोग हुनुपर्ने बताए ।

कक्षा १ देखि ५ सम्म, कक्षा ६ देखि ८, कक्षा ९ देखि १२ सम्म छात्रछात्रा, छात्र डबल्स, छात्रा डबल्स गरि आठ विद्यामा खेल खेलाईएको छ । देविनगरस्थित ओलीपथ कबर्ड हलमा शुरु भएको प्रतियोगितामा जिल्लाका २५ विद्यालयका करिब ३ सय ५० विद्यार्थी खेलाडीहरु सहभागी रहेका कार्यक्रम संयोजक गणेश न्यौपानेले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : २३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको