१८ माघ २०८२, आइतबार | February 1, 2026

बुटवलमा एमआईको लुम्बिनी प्रदेशकै पहिलो शोरुम



बुटवल । लुम्बिनी प्रदेशमा एमआईले आफ्नो पहिलो शोरुम शुभारम्भ गरेको छ । एमआईले बुटवल बिपि चोकस्थित अग्रहरी कम्प्लेक्समा सुदुरपश्चिम प्रदेश पछि दोस्रो शोरुम सञ्चालनमा आएको हो । बुटवलमा मोबाईलको कारोबार गरिरहेको श्री बिनायक ईलेक्ट्रोनिक्सले बुटवलमा एमआईले शोरुम खोलेको हो ।

मंगरबार एक समारोहका बीच एमआईको नेपाल अधिकृत विक्रेता टेलि डाईरेक्टरको सिईओ सन्जय अग्रवालले शोरुमको शुभारम्भ गरे । अग्रवालले शोरुमको रिबन र केक काटेर शुभारम्भ गरेका थिए ।

कार्यक्रममा एमआई नेपालको कन्ट्रि म्यानेजर सौरभ पठारी, टेलि डाईरेक्टका जिएम दिपक श्रेष्ठ, टेलि डाईरेक्टका रिजनल सेल्स म्यानेजर विष्णु मरासिनी, आर एस मोबाईलका संचालक रिन्कु लिगलले शुभकामना दिएका थिए ।

शोरुम सञ्चालनमा ७० लाख लगानी भएको संचालक आशिष कुमार श्रेष्ठले जानकारी दिए । नेपालकै बिक्रीमा नम्बर १ दाबी गरिएको छियोमी ब्रान्डको शोरुममा नेपालमा भित्रिएका एमआई ब्राण्डका उत्पादनहरु उपलब्ध हुने छन । मोबाईलसंगै होम प्रडक्टहरु टिभि, साउण्ड बार, राउटर, सोप डिस्पेन्सर, वाच लगायतका ब्रान्ड पाईने श्रेष्ठले बताए । एमआई बाण्डको नेपालमा लकडाउनपछि बजार राम्रो भएको छ । एमआईका काठमाडौमा मात्र ४ वटा शोरुम रहेका छन ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ०९ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज