४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘हामीले कसैलाई अपहरण गरेका छैनौं’, मानवअधिकार आयोगमा सांसद बस्नेत र श्रेष्ठको निवेदन



काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले कसैलाई अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको छ ।

सोमबार आयोगको कार्यालय पुगरे उहाँहरुले समाजवादी पार्टी (हाल जनता समाजवादी पार्टी )का सांसद यादवको अपहरण नगरेको प्रष्टिकरण बुझाउँदै आपुहरुहरु निर्दोष रहेको जिकिर गर्नुभएको हो ।

यसअघि डा. यादवले आफुलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा को माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिनुभएको थियो ।
जनकपुरस्थित घरमा रहनुभएका यादव बस्नेत, श्रेष्ठ र खनालसहित गत बैशाख १० गते मध्यराती काठमाडौं आउनुभएको थियो ।

आफ्नो पार्टी फुटाल्न सांसद यादवको अपहरण भएको तत्कालिन समाजवादी पार्टीले आरोप लगाएको थियो । तर, यादवले भने कहिले प्रधानमन्त्रीले बोलाएर काठमाडौं आएको, कहिले त्यसै जवरजस्ती गरेको, कहिले आफै आएको भन्दै अलगअलग बयान दिँदै आउनुभएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको