२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं : निगम



काठमाडौं । आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहबार प्रेस विज्ञप्ति जारी गर्दै निगमको पाक्षिक अनुमानित घाटा २ अर्ब रहेकाले मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएका छन् ।

भारतीय आयल कर्पोरेसनले पठाएको पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको छ । डिसेम्बर १ (बुधबार) पठाइएको नयाँ मूल्यसूचीमा खाना पकाउने एलपी ग्याँस भने प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढेको निगमले जनाएको छ ।

नोक्सानीको अवस्था रहेकाले तत्काल मूल्य घटाउन नसकिने निगमको जिकिर छ । उनका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पनि निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १०.३५ रुपैयाँ, डिजेलमा ७.४४ रुपैयाँ घाटा छ । त्यस्तै एलपी ग्याँसमा प्रतिसिलिन्डर ७ सय ५८.२५ रुपैयाँ नोक्सानी छ ।

बिक्रीवितरणको आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । यस्तै, ग्याँसमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ । तर, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतले कर घटाएर सर्वसाधरणलाई राहत दिएको थियो । तर, नेपालमा कर घटाइएको छैन । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १ सय १९ रुपैयाँ, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ ।

यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयभन्दा पनि आयल निगम रहने कि नरहने भन्ने पहिलो विषय भएको बताएका छन् ।

बिहीबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा निर्देशक पौडेलले निगमले दैनिक साढे ७ करोड रुपैयाँ घाटा खाएर काम गरिहेको अवस्थामा मूल्य वृद्धि गरेको विषय उठान गर्नुभन्दा पनि आयल निगम रहने कि नरहने भन्ने विषय प्रमुख भएको बताए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : १२ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले