३२ असार २०८३, बिहिबार | July 16, 2026

कर्णाली प्रदेश ७ दिन सिल गरिँदै



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशलाई सात दिन सिल गर्ने निर्णय गरेको छ । छिमेकी प्रदेशहरु सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि एक साताका लागि पुरै प्रदेश सिल गर्ने निर्णय गरिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश सिलको निर्णय गरेको हो ।

प्रदेश सिल गरेसँगै प्रदेशका २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउन लागिएको सामाजिक विकासमन्त्री एव्ं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले बताउनुभयो । पछि थप गरिएका डोल्पाका दुई स्थानसहित २७ स्थानमा टोली खटाउने निर्णय भएको रावलले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन र आरडीटी गर्नेछ । ‘आवश्यक परेमा सोही स्थानमा आइसोलेसन वार्डसमेत सञ्चालन गरी परीक्षण र उपचारलाई सँगसँगै लगिने रावलले बताउनुभयो ।

प्रदेश सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ ।

प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् । आवश्यकताअनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने मन्त्री रावलले बताउनुभयो ।

लकडाउनयता कर्णाली प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट मात्र १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ४ : २३ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक