१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। यसअघि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उच्च गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको हो।

पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको मूल्य एकै दिन उल्लेख्य घटेपछि बजारमा खरिदकर्तालाई केही राहत मिल्ने देखिएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ११ : ३७ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका