२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

रियल मड्रिडको जित, बार्सिलोना पराजित



काठमाडौं । स्पेनिस ला लिगामा गए राति शीर्षस्थानको रियल म्याड्रिड विजयी हुँदा बार्सिलोना भने घरेलु मैदानमा पराजित भएको छ ।

नोउ क्याम्पमा भएको खेलमा क्याटलान क्लब बार्सिलोना रियल बेटिससँग १-० ले स्तब्ध बन्यो । बेटिसका जुआनमीले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

पूर्वखेलाडी जाभी होर्नाण्डेजको प्रशिक्षणमा बार्सिलोनाको लिगमा पहिलो हार हो ।

अर्काे खेलमा रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २-० को सहज जित पायो । रियलको जितमा लुका जोभिक र भिनिसिउस जुनियरले समान १ गोल गरे ।

यस्तै ला लिगाकै अर्काे महारथी क्लब एथ्लेटिको मड्रिड आरसिडी मालोर्कासँग २-१ ले स्तब्ध बन्यो ।

घरेलु टोली एथ्लेटिकोको लागि म्याथिअस कुन्हाले गोल गर्दा विजयी टोलीका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले समान १ गोल गरे ।

जितसँगै रियल १६ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा छ । यो हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौ स्थानमा छ ।

बार्सिलोना शीर्षस्थानको रियलसँग १६ अंकले पछि परिसकेको छ । यता, अर्काे पराजित टोली एथ्लेटिको १९ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ३८ बजे

रुपन्देही-४ मा रास्वपाका बनियाँ निर्वाचित

भैरहवा । रुपन्देही-४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको विशाल अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०२

प्रतिनिधिसभा निर्वाचन मतगणना अपडेट : रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा

बुटवल । रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो

प्रतिनिधिसभा निर्वाचन : १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी