२३ बैशाख २०८१, आइतबार | May 5, 2024

खोप अभियानलाई तीव्रता दिइन्छ : मन्त्री खतिवडा



नुवाकोट । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन् । आज त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गरेका हुन् ।

मन्त्री खतिवडाले सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको बताए । उनले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको बताए ।

“ हरेक नागरिकलाई खोप लगाउने सरकारको योजनालाई साकार पार्दैछौँ”, मन्त्री खतिवडाले भन्नुभयो, “नेपाली नागरिकलाई पुग्ने गरी खोप ल्याएका छाँै । साढे तीन करोड डोज खोप पाइपलाइनमा रहेको छ ।” मन्त्री खतिवडाले नागरिकलाई बुष्टर डोजको खोप केही दिनमा नै सुरुआत गरिनेसमेत बताए। “दुई डोज खोप लगाइसकेकालाई बुष्टर डोज खोपको लागि मन्त्रिपरिषद्मा छलफल भएको छ । केही दिनमा नै त्यसको निर्णय हुनेछ”, मन्त्री खतिवडाले भने ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्र रहेको जिल्ला अस्पतालको निरीक्षण गरेर आवश्यकता पहिलाउँदै समाधानको बाटोमा जाने बताए । उनले गुणस्तरीय सेवा प्रवाह गर्नलाई प्रदेश सरकारबाट गर्नुपर्ने सबै प्रकारको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै त्रिशूली अस्पतालमा पाँच शय्याको डायलासिस कक्ष स्थापना गर्ने चरणमा रहेकोसमेत जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ३८ बजे

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका-७

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा