१ आश्विन २०८३, बिहिबार | September 18, 2026

हारका बाबजुत समूह विजेता बन्दै नकआउटमा सिटी



काठमाडौं । अन्तिम खेलमा आरबी लाइप्जिगसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।

मंगलबार राति १० खेलाडीमा सीमित सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २-१ अन्तरले हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना गोल गरे ।

यसअघि खेलको ८२ मिनेटमा केली वाल्करले रातोकार्ड ब्यहोर्दा सिटी १० खेलाडीमा सीमित भएको थियो ।

समूह ‘ए’ कै अर्काे खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब ब्रुगलाई ४-१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पराजित बाबजुत सिटी ६ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो ।

७ अंक बनाएको आरबी लाइप्जिग र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ०६ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा