१३ असार २०८३, शनिबार | June 27, 2026

रियल मड्रिड विजेता बन्दा इन्टर उपविजेता



काठमाडौं । रियल मड्रिड समूह विजेता र इन्टर मिलन उपविजेता बन्दै युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् ।

समूह ‘डी’ को खेलमा १० खेलाडीमा सीमित इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल शीर्ष स्थानमा रहेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउँन टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे । खेलको ६४ मिनेटमा निकोलो बरेलाले रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समेटिएको थियो ।

यसै समूहको अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । जितसँगै रियलले ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनायो ।

७ अंक बनाएको सेरिफ र २ अंक बनाएको साख्तर डोनेस्क दुबै समूह चरणबाटै बाहिरिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : १६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट