४ असार २०८३, बिहिबार | June 18, 2026

परम्परागत नीति नियमहरुलाई परिमार्जन गर्न वरिष्ठ उपाध्यक्ष ढकाललको सुझाव



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए ।

“यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीति नियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ ।,” उनले भने “यसका लागि राज्यले अग्रसरता लिनुपर्छ,” उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहल गर्नुपर्ने बताएका हुन् ।
“अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ,” उनले भने ।

विजुली भारतमा निर्यात शुरु भएको बताउँदै उनले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए ।

उनले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गरे । सवारी साधन विलासिताको वस्तु मात्र नरहेको बताउँदै उनले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्वपूर्ण भएको बताए । उनले कोभिढ–१९ को महामारीबीच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : २१ बजे

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी

नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि