२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधी जयरामलाई



काठमाडौं । सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जयराम श्रेष्ठले जितेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको खेलमा नेपालका नम्बर एक भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै जयरामले उपाधि जितेका हुन् ।

अन्तिम दिन ४ अन्डर ६४ अंक जोडेका जयरामले कुल ९ अन्डर २ सय ६३ अंक जोड्न सके। आफ्नो करियरमै पहिलो उपाधिसँगै जयरामले १ लाख १० हजार नगद प्राप्त गरेका छन्।

भुवनले २ अन्डर ६६ अंकसहित कुल २ सय ६५ अंक जोडेर ७४ हजार प्राप्त गरेका छन् । यस्तै ५ अन्डर २ सय ६७ स्कोरसहित तेस्रो भएका दिनेश प्रजापतिले ६० हजार प्राप्त गरे ।

कुमार कामी, भुवन कुमार रोक्का र रबि खड्का संयुक्त चौंथो हुँदै ४२ हजार नगद प्राप्त गरे ।

शुक्रबहादुर राई सातौं हुँदै ३२ हजार प्राप्त गरे भने धनबहादुर प्रजापति र संजय लामा आठौं भए । उनीहरुले २६ हजार ५ सय पाए । अन्तिममा रहेका विनोद तामाङले २३ हजार प्राप्त गरेका छन्।

सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फमा ४० पेशेवर र १५ एमेच्योर गल्फर गरी जम्मा ५५ खेलाडीको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ०० बजे

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम

पहिलो चरणमा जोखिमपूर्ण बस्ती खाली गर्ने काम सम्पन्न

काठमाडौँ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक