५ श्रावण २०८३, मंगलबार | July 21, 2026

निषेधआज्ञा पालना गराउन समन्वय अधिकारीलाई सहायक सिडीयोमा सरुवा



नेपालगञ्ज। स्थानीय प्रशासनले प्रभावकारी काम गर्न नसकेको भन्ने गुनासो आईरहेका बेला सरकारले बाँकेका जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरेको छ ।

केहि राजनितीकदल र स्थानीयबासीहरुले प्रमुख जिल्ला अधिकारीको सरुवाको माग गरेको चर्चा सार्वजानिक भएसंगै प्याकुरेललाई जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको हो । बांकेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको नोकरीको समयावधिका कारण स्वत अवकास प्राप्त गर्ने दिन नजिक रहेकाले उनलाई सरुवा नगरि कुशल प्रशासककारुपमा चिनिएका प्याकुरेललाई सहायक प्रमुख जिल्ला अधिकारीकारुपमा सरुवा गरिएको बताईएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेमा हाजिर भएको डेढ महिनामै प्याकुरेलको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा प्रशासनमा सरुवा भएको हो । नेपालगञ्जमा कोरोना संक्रमण समुदायमा फैलिएको अवस्थामा प्रशासनमा अव्वल दख्खल भएका प्याकुरेलको प्रशासनमा सरुवा भएको हो ।

लकडाउन कार्यान्वयन गर्ने सम्बन्धमा नेपालगन्जमा असफल भएको र त्यसैको परिणाम स्वरुप नेपालगन्जमा कोरोना भाइरसले माहामारीको रुप लिएको स्थानीय संघसंस्थाहरुले प्रशासनलाई आरोप लगाएका थिए ।

स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै पहिलो दिन नेपालगन्जमा स्थानीय ब्यवसायी र प्रहरी बिच झडप भएको थियो । नेपालगन्जमा लकडाउन फितलो भएकै कारण कोरोना संक्रमण दिनदिनै बढ्दै गएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ०० बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले