१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्चसतर्कता अपनाएको छ : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित प्रतिनिधिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालरी जुलियाण्ड र डब्ल्यूएचओका प्रनितिधि डा. जोस भ्यालेण्डरले कोरोना भाइरस नियन्त्रणका लागि नेपालले चालेका कदम र पछिल्लो अवस्थाका विषयमा जानकारी लिनुभएको छ ।

सरकारद्वारा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेपालको अवस्था र चाल्नुपर्ने आगामी कदमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले कोरोना नियन्त्रणका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको र यसको उचित व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्ध मिलाएको जानकारी गराउनुभएको रक्षा मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले बताउनुभयो ।

भेटमा राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले सिमित स्रोत साधनकाबीच कोरोना नियन्त्रणमा नेपालले गरेको प्रयास, क्वारेन्टाइनमा रहेकाहरुको अवस्था र लक डाउनका कारण अत्यावश्यक सामानको उपलब्धताको विषयमा पनि जानकारी लिनुभएको उपसचिव आचार्यले बताउनुभयो ।

भेटमा उनीहरुले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने बचन पनि दिएका छन् । नेपालमा अब लकडाउनको अवस्था के हुने ? लकडाउन कम गर्दै जाँदा त्यसले पर्ने प्रभाव के हुन्छ ? भन्ने विषयमा पनि उनीहरुले विज्ञासा राखेका थिए । राष्ट्र संघ र डब्ल्यूएचओका प्रतिनिधिले क्वारेन्टाइनम रहेका महिला र बालबालिकालाई व्यवस्थित तरिकाले राख्ने र सकेसम्म होम क्वारेन्टाइनमै राख्न सकिने अवस्थाका विषयमा पनि नेपाल सरकारलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ३ : ५२ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल