४ पुस २०८२, शुक्रबार | December 19, 2025

लकडाउन जारी रहे जनतामा असन्तोष बढ्छ : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लक डाउन जारी रहे जनतामा तिब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताउनुभएको छ ।

लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लक डाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताउनुभयो । उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तसहित खोल्न नसके कोरोना भन्दा ठूलो संकट पैदा हुने उहाँको भनाइ छ ।

संसदको कानून न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले भन्नुभयो, ‘‘कोरोना संकटलाई तोड्न विश्वले लक डाउन, आइसोलेसन, सामाजिक दुरी कायम गर्ने रणनीति लिएको छ । तर अब उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तहरुसहित सामाजिक दुरी कायम गरेर लक डाउन खोल्नुपर्छ । लक डाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन । आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ ।’’

थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दुरी कायम गर्दै सुचारु गर्नुपर्ने बताउनुभयो । आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडी बढ्नुपर्ने गृहमन्त्री थापाले बताउनुभयो ।

बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उहाँले उल्लेख गर्नुभयो । समिति बैठकमा लक डाउन खुलुलो पार्नुपर्ने उल्लेख गरेपनि कुन मोडालिटी हुने र के सर्त हुने भन्ने विषयमा भने केही बताउनुभएन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ५८ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह