२२ माघ २०८२, बिहिबार | February 5, 2026

लकडाउन जारी रहे जनतामा असन्तोष बढ्छ : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लक डाउन जारी रहे जनतामा तिब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताउनुभएको छ ।

लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लक डाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताउनुभयो । उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तसहित खोल्न नसके कोरोना भन्दा ठूलो संकट पैदा हुने उहाँको भनाइ छ ।

संसदको कानून न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले भन्नुभयो, ‘‘कोरोना संकटलाई तोड्न विश्वले लक डाउन, आइसोलेसन, सामाजिक दुरी कायम गर्ने रणनीति लिएको छ । तर अब उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तहरुसहित सामाजिक दुरी कायम गरेर लक डाउन खोल्नुपर्छ । लक डाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन । आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ ।’’

थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दुरी कायम गर्दै सुचारु गर्नुपर्ने बताउनुभयो । आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडी बढ्नुपर्ने गृहमन्त्री थापाले बताउनुभयो ।

बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उहाँले उल्लेख गर्नुभयो । समिति बैठकमा लक डाउन खुलुलो पार्नुपर्ने उल्लेख गरेपनि कुन मोडालिटी हुने र के सर्त हुने भन्ने विषयमा भने केही बताउनुभएन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ५८ बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा