१९ बैशाख २०८१, बुधबार | May 1, 2024

कांग्रेस महाधिवेशन : मतदानको समय राति ९ बजेसम्मलाई थपियो



काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार सोमबार राति ९ बजेसम्म मतदान गर्न गरी समय थपिएको हो ।

यसअघि सोमबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, सोमबार बिहान २ घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको थियो ।

सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । ४७ सयबढी मतदाता रहेकाले मतदानको समय थपिएको हो ।

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ३५ बजे

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गुरुङ बुटवलबाट पक्राउ

बुटवल । दिदीको साइनो लगाएर सम्बन्ध बनाई अश्लील भिडियो बनाएर

ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु

ललितपुर । गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो

कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको