४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज ३ बजे नेकपाको सचिवालयको बैठक बस्दै, स्थायी समितीको एजेण्डा तय गरिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को सचिवालय बैठक आज बस्दैछ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिनुभएको छ ।

शनिबार सम्पन्न सचिवालय बैठकका आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्समा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी माहासचिव बिष्णु पौडेलले बैठकका एजेण्डा तय गरेका छन् । बैठकले एजेण्डा तयार गर्नका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले जिम्मेवारी सुम्पेको थियो ।

सरकार र पार्टीबीचको समन्वय, पार्टी एकताका बाँकी काम, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताईएको छ । शनिबार सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहितका नेताहरुले गरेको आत्मालोचनाका बिषयमा स्थायी समितीमा प्रस्तुत हुने एजेण्डा समेत आजको बैठकले तय गर्ने छ । पछिल्लो समय सरकार सञ्चालन र जिम्मेवारी लगायतका विषयमा नेकपामा विवाद छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको