३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बीमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले अवकाशप्राप्त कर्मचारीले पाउने रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

प्राधिकरण लहान वितरण केन्द्र सिराहाको मिटररिडर र हेल्पर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र सत्यनारायण साहको बीमाबापतको रकम बिनाजानकारी उनीहरूलाई झुक्याएर, निकासा भुक्तानी भौचरमा दस्तखत गराई आफ्नो खातामा गुप्ताले जम्मा गराएका थिए ।

उनले ठाकुरको नामको ८ लाख सात हजार ३ सय ६० रुपैयाँ र साहको १ लाख २४ हजार २ सय रुपैयाँ आफ्नो खातामा जम्मा गराएका थिए । त्यस्तै, सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको साबिक नमुना गाउँविकास समिति गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले यादवसँग १२ लाख ८६ हजार ८ सय बिगो कायम गर्नसमेत माग गरेको छ । सामाजिक सुरक्षा भत्तालगायत गाविसको विभिन्न शीर्षकको रकम हिनामिना गरेको उजुरीका आधारमा यादवमाथि आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : १५ बजे

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर

अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक

दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन – प्रचारदेखि आचारसम्म कडाइ

काठमाडौं । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुथा