२२ माघ २०८२, बिहिबार | February 5, 2026

कोरोना पोजेटिभ नदेखिएपछि जना ६ सङ्क्रमित डिस्चार्ज



विराटनगर । कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये छ आज निको भइ घर फर्केका छन् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन कारण आफूहरु पनि छिट्टै निको हुने आशामा छन् ।

धार्मिककार्य गर्न भारतबाट १३ जनाको जमात ९समूह० बनाएर आएका ती जमाती ९समूह सदस्य०लाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षासहित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । उनीहरुलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याइएको थियो ।

प्रदेश नं १ मा पहिलोपटक यति धेरै सङ्ख्यामा कोराना सङ्कमित देखिएपछि प्रदेश सरकारले सङ्क्रमण बढ्न नदिन लकडाउनलाई निकै कडा बनाएको छ । एकबाट अनेकमा सर्ने यो रोगबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो ।

यी जमातीहरु विसं २०७६ मङ्सिर २६ गते दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । सङ्क्रमितमध्येका छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् ।

घर फर्कनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् । डिस्चार्ज भएका सबै स्वस्थ देखिने र घर जान पाउने आशामा केन्द्रित जमाती अहिले व्रतमा छन् । एक महिना लगातार रोजा व्रत बस्ने मुस्लिमहरुको आज १२औँ रोजा हो भने रोजा बस्ने रोजदार रमजान महिनाको दोस्रो असरामा प्रवेश गरेका छन् । उनीहरुलाई विराटनगर–१५ स्थित मर्कज ९पूर्वी आठ जिल्लाको मुस्लिमको केन्द्र० मा १४ दिन आइसोलेसनमा राखिने र पुनः स्वाब परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

सो अवसरमा घर जान लागेका अनुस जैदीले केन्द्रको उपचार कार्यमा राम्रो सेवा र सहयोगको भावना पाएको बताए । अहिले कुनै असजिलो अनुभव नभएको उनले उल्लेख गरे । उनले बन्दाबन्दी खुलेपछि नेपाल सरकारको निर्णयको आधारमा स्वदेश फर्कने जानकारी दिए ।

प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवा निर्देशनालय, मन्त्रालय, अस्पतालको संयुक्त कार्यको सफलतास्वरुप आज पहिलो चरणमा सङ्क्रमित निको भइ निस्कने लागेकामा खुशी व्यक्त गरे । उनले भने– यो प्रदेश सरकारको कोरोना उपचारमा ठूलो सफलता हो । मन्त्री घिमिरेले प्रदेशमा रहेका तीन पिसीआर परीक्षणका लागि तीन हजार र १४ जिल्लामा द्रुत परीक्षणका किट ९आरडिटी० लागि सात हजार व्यवस्था गरिएको बताए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले निको भएर घर जान लागेका पूर्व सङ्क्रमितले केन्द्रमा रहँदा सहयोगी रहेको बताउँदै केन्द्रमा रहेका अन्यको आगामी हप्ता स्वाब परीक्षण गर्ने जानकारी दिए । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले केन्द्रका स्वास्थ्य उपचार सामग्रीको कुनै अभाव नरहेको बताए । अहिले केन्द्रमा २५ जना उपचारमा छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ११ : ३८ बजे

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा