२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

तिनाउ गाउपालिका ३ का करिब हजार विद्यार्थीलाई न्यानो कपडा वितरण



बुटवल । पाल्पाको तिनाउ-३ का आधा दर्जन विद्यालयमा अध्ययनरत बालबालिकाहरुले न्यानो कपडा पाएका छन् । वडा नम्बर ३ को वार्षिक बजेट तथा कार्यक्रम अन्तरगत यहाँ ६ वटा विद्यालयका ८६३ बालबालिकाहरुले न्यानो कपडा प्राप्त गरेका हुन् ।

वडा अन्तरगत रहेका तिलोत्तमा मावि झुम्साका ५ सय विद्यार्थी, आदर्श आधारभूत विद्यालय ज्यामिरेका १३२ जना, गौतमबुद्ध आधारभूत विद्यालय चुरेडाँडाका ५५ जना, सरस्वती आधारभूत विद्यालय मरेकका २५ जना तथा श्रीजना आधारमूत विद्यालयका १३९ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको तिनाउ-३ का अध्यक्ष प्रेम पाण्डेले जानकारी दिए ।

विद्यालयहरुमा न्यानो कपडा वितरणको कार्यक्रम अन्तरगत तिनाउ-३ श्री डाँडामा अवस्थित श्रीजना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विहिबार न्यानो कपडा वितरण गर्दै अध्यक्ष पाण्डेले वडाको विकासमा प्रहिलो प्राथमिकता शिक्षालाई दिइएको दाबी गरे ।

भौतिक संरचना तथा पूर्वाधार विकासले मात्रै समृद्धि हासिल गर्न नसकिने बताउँदै उनले शिक्षाका आधाभूत प्राथमिकताहरुलाई अनिवार्य पूरा गर्ने गरी अघि बढिएको उल्लेख गरे । गाउँपालिकामै पहिलो झुम्साको तिलोत्तमा माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै नले सबैको हातेमालोमा अन्य विकासका कामहरु पनि सफल पार्नु पर्ने उनले बताए ।

न्यानो कपडा वितरण अभियानको समापनका अवसरमा आयोजित सभामा बोल्दै श्रीजना माम्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण दर्लामीले शैक्षिक विकासका लागि भौतिक पूर्वाधारका साथै प्रयाप्त शिक्षक दरबन्दी नहुँदा समस्या भएको गुनासो गरे । विद्यालयको आन्तरिक श्रोत तथा अनुदानका आधारमा शिक्षक कर्मचारी पाल्नु पर्ने अवस्था रहेको गुनासो गर्दै उनले यसका लागि गाउँपालिका, प्रदेश सरकार तथा केन्द्र सरकारले ध्यान दिन आग्रह गरे ।

तिनाउ ३ का वडा सदस्य पम्फा थापा, गँगाबहादुर पुन, हेमबाहादुर दर्लामी, हुमादेवि सुनार, समाजसेवी विष्णु पाण्डे तथा श्रीजना आधारभूत विद्यालयका प्रधानाध्यापक भिमप्रसाद उपाध्यायले शैक्षिक बिकासका लागि भौतिक संरचना तथा पूर्वाधार विकासमा जोड दिए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : ५१ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित