२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कुष्ठराेगीहरुले बिबाह गर्न नपाउने कानुन फेर्न माग



बुटवल । उष्ण प्रदेशिय रोगहरु परिवार र समाजबाट मात्र नभई राज्यबाट समेत उपेक्षित रहेको सरोकारवालाहरुले बताएका छन् । सचेतनाको अभावमा कुष्ठरोग, हात्तिपाईला, जुका, डेगु र चिकनगुनिया, रेबिज, सर्पदंश, लुतो,कालाजार, फित्तेजुगा र खस्रे रोग जस्ता देशबाटै निवारण भनिएका रोगहरु अझै पनि उत्तिकै समस्या रहेको उनीहरुको गुनासो रहेको छ ।

ईन्द्रेणी ग्रामिण सामुदायिक विकास केन्द्रको आयोजना तथा फेयर नेट फाउण्डेसनको सहकार्यमा रुपन्देहीका पत्रकारहरुसंग विहिबार बुटवलमा गरिएको एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राज्यको मुल कानुनलेनै कतिपय नेपालमै निको हुने रोगका संक्रमितहरुलाई उपेक्षा गरेको बताए । उनीहरुले सहजै निको हुने रोगहरुलाई पनि जटिल बनाएर समाजबाट बिरामीहरुलाई उपेक्षित गर्ने गरिएको बताउँदै मुलुकी संहिताले नै कुष्ठराेग जस्ता रोगीहरुलाई बिबाहमा प्रतिबन्ध लगाएको बताए ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७१ को उपदफा २ (ग) अनुसार कुष्ठरोगीहरुलाई बिबाह गर्न गराउन नपाउने व्यवस्था गरिएको सहभागीहरुको गुनासो रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डेले सरकारलाई दबाब दिएर नितिगत रुपमा नै जोड्नुपर्ने सुझाव दिए। यसैगरि संक्रामक रोगहरुको बारेमा जनस्तरमा सचेत गराउनुपर्ने उनले बताए।

ईन्द्रेणी ग्रामिण सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रदिप शाहले परियोजनाबाट कुष्ठरोग र हात्तिपाईले रोग लागेका बिरामीहरुलाई समाजमा अहिले पनि अपहेलना, भेदभाव रहेको उल्लेख गरे । संस्थाले समुदायमा छाला शिविरहरु संचालन, कुष्ठ रोगीहरु भेटिए १५ जनाको समुह बनाएर उनिहरुलाई स्वयं सुरक्षा तालिम, रोजगारका लागि सहयोग, पालिकास्तरमा तालिमहरु, स्वस्थ्यकर्मीहरुलाई तालिम, आवश्यकताको आधारमा सहयोग, जनचेतना कार्यक्रम गर्दै आएको उनले जानकारी दिए।

कार्यक्रममा फेयर नेट फाउण्डेसनका परियोजना संयोजक शशिलाल कर्णले सरकारसंग तथ्याकको सबैभन्दा अभाव रहेको बताए। वास्तविक तथ्याकको अभावमा लुकेर बसेका धेरै विरामीहरु बाहिर आउन नसकेको उनले बताए। नेपालबाट उन्मुलन गरिएका कालाजारको नया स्वरुप ४४ वटा जिल्लामा देखिन थालेको उनले बताए।

कार्यक्रममा सहजकर्ता डा. विष्णु विश्वकर्मा अन्य रोगसरह एनडिटिबारे सरकार र जनस्तरबाट ध्यान नदिएको बताए । मृत्युदर नबढाउने भएपनि यसको प्रभाव समुदायमा धेरै रहेको उल्लेख गर्दै रोगहरुको सहि तथ्याक, नामाकरण नहुदा पनि यसप्रति सरोकारवालाहरुको ध्यान जान नसकेको बताए। गर्मिमा धेरै गर्मि र जाडोमा धेरै जाडो हुने क्षेत्र उष्ण प्रदेश हो । यस्तो प्रदेशमा देखिने रोगहरुलाई विश्व स्वस्थ्य संगठनले किटान गरेको डा. विश्वकर्माले बताए ।

प्रति १० हजारमा १ भन्दा कम देखिएमा निवारणको घोषणा गर्ने भएपनि प्रदेशमा प्रति १० हजारमा १ दशमलव ८ प्रतिशत संख्या देखिएको उनले बताए । यसैगरि हरेक पालिकाहरुमा १० भन्दा बढी कुष्ठरोगीहरु देखिएको समेत उनले बताए ।

डा विश्वकर्माका अनुसार रुपन्देहीमा मात्र ३ सय ७८ भन्दा बढि हात्तिपाईला रोगीहरु छनभने डेँगुको बिरामी पनि रुपन्देहीमा बढेको तथ्याकबाट देखिएको छ । कालाजार, रेबिजको बिरामीहरुसंगै सर्पदंशको घटनाको तथ्याक नै नभेटिएको बताउँदै डा. विश्वकर्माले खस्रे रोग नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा अझै पनि प्रभावितको संख्या धेरै रहेको बताए।

नेपालमा कुल जनसंख्यामध्ये १ दशमलव ९४ प्रतिशत अपाङता रहेको तथ्याकले देखाएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : ०१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ