१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

उद्योग वाणिज्य महासंघमा अध्यक्षको प्रत्यक्ष चुनाव गर्न प्रस्ताव



काठमाडौं । निजी क्षेत्रका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा अध्यक्षको छनोट प्रत्यक्ष मतदानबाट गर्न प्रस्ताव गरिएको छ । महासंघले गठन गरेको विधान संशोधन समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छालाई बुझाइएको महासघको विद्यमान विधान संशोधनको मस्यौदामा बरिष्ठ उपाध्यक्षको पद हटाएर अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरिएको हो ।

हाल महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान छ ।

महासंघको कार्यकारिणी समिति र साधारणसभाबाट परित भएमात्र विधान कार्यान्वयन हुनेछ । यद्यपि हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको हकमा भने यो व्यवस्था लागू हुनेछैन ।

महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो । समितिले महासंघ अध्यक्षको कार्यकाल घटाएर दुई वर्ष बनाउनसमेत सुझाव दिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ११ : २६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा