१३ जेष्ठ २०८१, आइतबार | May 27, 2024

न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित



काठमाडौं । एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ ।

बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो ।

लिभरपुलरको १२ औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १/१ गोल गरे ।

यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७ औँ मिनेटमा अग्रता दिलाएका थिए । २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए । २५ औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए ।

सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन् । उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

खेलको ८७ औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३(१ अन्तरको पुनरागमन जित दिलाए ।

जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ३७ बजे

आईपीएलको उपाधि कोलकाता नाइट राइडर्सलाई

काठमाडौं । भारतको चेन्नाईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को

बाँकेमा रक्तदान गरेर कृष्ण सेन “इच्छुक”को सम्झना गरियो

नेपालगन्ज । कृष्ण सेन “इच्छुक” को २२ औं स्मृती दिवसको अवसरमा

वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार

त्रुटी सच्याउन समाजवादी प्रेस सङ्गठनको आग्रह

काठमाडौं । समाजवादी प्रेस सङ्गठनले सदस्यता शुद्धीकरणका क्रममा भएका त्रुटी

पोलियोविरुद्धको आइपीभी खोप : राप्तीसोनारीमा ४० प्रतिशतले खोप लगाउँदा खजुरामा १३ प्रतिशतलाई खोप लगाइयो

नेपालगन्ज । बांकेमा आजदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिएको