१३ असार २०८३, शनिबार | June 27, 2026

न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित



काठमाडौं । एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ ।

बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो ।

लिभरपुलरको १२ औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १/१ गोल गरे ।

यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७ औँ मिनेटमा अग्रता दिलाएका थिए । २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए । २५ औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए ।

सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन् । उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

खेलको ८७ औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३(१ अन्तरको पुनरागमन जित दिलाए ।

जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ३७ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट