५ पुस २०८२, शनिबार | December 20, 2025

घोराही-तुलसीपुर फोरलेन सडक निर्माण कार्यको भाका सरेको सर्‍यै



दाङ । घोराही– तुलसीपुर फोरलेन सडक निर्माणको काम जिम्मा लिएकाहरूले फेरी कामको भाका सारेका छन् । यसअघि झण्डै एक महिना पहिले कार्य शुभारम्भ भएको भन्दै तामझाम गरेको निर्माण कम्पनीले त्यतिबेला एक सातामा काम देखिने बताएको थियो ।

तर, अहिलेसम्म कामको प्रगति देखाएको छैन । आज जिल्ला प्रशासन कार्यालयले निर्माण व्यवसायीलाई बोलाएर कामको प्रगति किन भएन भनेर प्रश्न गरेको छ ।

त्यसको जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधि विजय पाठकले पहिलेको पेटी ठेकेदारसँगको कागजी प्रक्रिया मिलाउँदा तथा भौतिक प्रगति अघि बढाउन अपनाउनु पर्ने कानुनी र प्राविधिक प्रक्रियामा ढिलाइ हुँदा पुसको दोस्रो साताबाट काम सुरु हुने जानकारी दिए ।

पाठकले कामको जिम्मा लिएको पहिलो ठेकेदारको लापरबाहीका कारण कागजी र कानुनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाइ भएको जानकारी गराउँदै प्रहरी प्रशासन र सडकको इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध गराएसँगै कामको प्रक्रिया अघि बढेको बताए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अहिले भौतिक प्रगति नदेखिँदा सबैलाई काम किन भएन भनेर जिज्ञासा हुनु स्वाभाविक भएको बताउँदै ठेकेदारले यसअघि काम गर्छु भनेर जिम्मा लिएको निर्माण पक्षले चरम लापरबाही गरिदिँदा सबैलाई दुःख भएको बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : १७ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले