१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

न्युज पोर्टलका लागि पनि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाई



खोटाङ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले न्युज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन पहल गर्ने बताएका छन् ।

छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा शुक्रबार खोटाङका पत्रकारसँगको छलफलमा अध्यक्ष हुमागाईले हालसम्म सरकारले बजेट भाषणमा न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति ल्याए पनि बजेट व्यवस्था गर्न नसकेको बताए ।

अध्यक्ष हुमागाईले पत्रपत्रिकालाई जस्तै कम्तीमा एक जना कर्मचारीलाई मासिक तलव खुवाउन पुग्नेगरी न्युज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउनका लागि बजेट व्यवस्थाका लागि पहल गर्ने बताएका हुन् ।

हुमागाईले लोककल्याणकारी विज्ञापनका लागि एफएमरटिभीजस्ता विद्युतीय सञ्चारमाध्यमले १२ पुसभित्र सूचीकरणका लागि आवेदन आह्वान गरिएको जानकारी दिए । ‘विद्युतीय सञ्चार माध्यमको सूचीकरणका लागि सुचना प्रकाशन गरिएको छ ।

१२ पुसभित्रमा सूचीकरण गरिसक्नुपर्ने छ,’ हुमागाईले भने, ‘सूचीकरण भइसकेपछि लोककल्याणकारी विज्ञापनका लागि आवेदन दिनुपर्ने छ । त्यो काम भएपछि लोककल्याण विज्ञापन प्रशारणका लागि पठाइने छ ।’

अध्यक्ष हुमागाईले लोककल्याणकारी विज्ञापनको प्रकाशन तथा प्रकाशनका सन्दर्भमा विद्यमान कानून संशोधनको तयारी भइरहेको जानकारी दिए । ‘यसका लागि कार्यदल गठन भइसकेको छ,’ उनले भने, ‘त्यस कार्यदललाई दिइने फिडव्याक संकलनका लागि पनि फिल्डमै अध्ययनमा हिँडेका हौँ ।’

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : १५ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा