५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नवलपरासीमा रासायनिक मल अभाव



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन । नजिकिँदै गरेको धानको बीउ राख्ने समय र धान रोप्ने कार्यमा किसानलाई समस्या हुने सुस्ता १ फेचुवाका किसान दीपेन्द्र चौधरी बताउनुहुन्छ । धानको बीउ राख्नका लागि खेतमा पोटास, युरिया, डिएपीलगायत मल आवश्यक पर्छ ।

‘अहिले धानको बीउ छर्ने बेला आएको छ, मलको अभावमा समयमा बीउ छर्न पाइँदैन भन्ने चिन्ता छ’, फेचुवाका किसान राजेशकुमार चौधरी बताउनुहुन्छ ।

पश्चिम नवलपरासीमा वार्षिक १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि करीब आठ हजार मेट्रिक टन मात्र जिल्लामा प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले जनाएको छ । ‘किसानलाई माग अनुसार आपूर्ति गर्न सकिएको छैन । हरेक वर्ष मागअनुसार अभाव हुन्छ, यस पटक बन्दाबन्दीका कारण किसानहरुले माग गरेअनुसार मल दिन सकिएको छैन’, कार्यालयका प्रमुख प्रकाशचन्द्र ज्ञवालीले भन्नुभयो ।

पश्चिम नवलपरासीमा कुल रु २९ हजार २८५ हेक्टर खेतीयोग्य जमीन छ । सोमध्ये २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । सो खेतीमा वार्षिक ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन हँुदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  २ : ४२ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले