२३ बैशाख २०८१, आइतबार | May 5, 2024

मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ जडान हुँदै



काठमाडौं । मेलम्ची नआउन्जेलसम्म काठमाडौं उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ ।

त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्पको रूपमा उपत्यकाको १३ वटा ठाउँमा नयाँ ‘डिप बोरिङ’ जडान गरी एक करोड ३० लाख लिटर पानीको उत्पादन थप गर्न लागिएको जानकारी दिए ।

उनले उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु नभएसम्म पानीको अभाव हुन नदिन पानीको उत्पादन थप गर्न लागिएको स्पष्ट पारे ।

उनले अबको दुई महिनामा अध्ययन सम्पन भई निर्माण कार्य सुरु हुने बताए । दसवटा जडान भई सञ्चालनमा आइसकेपछि वितरण प्रणालीमा दैनिक थप एक करोड लिटर पानी थप हुने बताए ।

उपत्यकामा भएका पानीका स्रोतहरूको संरक्षण गर्दै पानीको उत्पादन थप्न लागिएको बताउँदै उनले भने, ‘‘केयूकेएलले अहिले सञ्चालनमा रहेका ३५ वटा सतहगत मुहानलाई सफा र मर्मतसम्भार गरी बढीभन्दा बढी पानी पोखरीमा ल्याउने, चुहावट भइरहेको पाइएमा ७२ घण्टाभित्र मर्मत गर्ने र सुक्खा ठाउँहरूमा ट्याङ्करबाट समेत पानी वितरण गर्ने कार्यक्रम अगाडि बढाइएको छ । ’’ आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ४६ बजे

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय