२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोनापीडित देशमा एनआरएनएबाट आर्थिक सहयोग



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड– १९ पीडित देशमा आर्थिक सहयोग गरेको छ ।

एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो ।

आर्थिक सहयोग पाउने देशमा बहराई, स्पेन, पोर्चुगल र इटाली पाँचपाँच हजार तथा माल्टा तीन हजार अमेरिकी डलर रहेको एनआरएन, कोभिड–१९ उच्चस्तरीय समन्वय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

संस्थाले पहिलो चरणमा कुवेत, संयुक्त अरब इमिरेट्स, सउदी अरब र साइप्रसमा रहेका संस्थाका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।

संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७३ पुगेको एनआरएनले जनाएको छ । एनआरएन, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार २७ देशमा रहेका पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : ३१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार