१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

चर्चित मोडल पुनम पाण्डे पतिबाट अलग



मुम्बई । बलिउड अभिनेत्री एवं मोडल पुनम पाण्डे पति सेम बाम्बेबाट अलग भएकी छन् । वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि उनले पति सेमलाई छाडेकी हुन् ।

पुनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने खुलाएकी छन् । यद्यपि आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर उनले सर्त राखेकी छन् ।

‘म अहिले जुन पीडाबाट गुज्रिरहेको छु, त्यसबाट विस्तारै माथि उठ्दैछु । म पहिलेजस्तै सेक्सी देखिने प्रयासमा छु’, उनले भनेकी छन् । उनले आफूसँगै सम्बन्धमा रहेको दाबी गरेका छन् । उनले आफूसँग सम्बन्धमा रहनु आनन्ददायक रहेकाले आगामी पाँच वर्षसम्म एकल जीवन बिताउने उल्लेख गरेकी छन् ।

उनले तनाव कम गर्न थेरापिस्टसँग नियमित सम्पर्कमा रहेकाले विस्तारै ठीक हुँदै गएको जनाएकी छन् । अभिनेत्री कैटरिना कैफबाट प्रभावित पुनमले अभिनेता बिक्की कौशल जस्तो दुलाहा मिलेमा विवाह गर्ने बताएकी छन् ।

सेमसँग विवाह गरेपछि पुनमले सेममाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यो मामिलामा प्रहरीले सेमलाई पक्राउसमेत गरेको थियो । प्रहरीका अनुसार सेमले पुनममाथि कुटपिट गरेपछि उनको शरीरमा चोटपटक देखिएको थियो । जसकारण उनी अस्पतालमा भर्ना नै भएकी थिइन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : २३ बजे

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा