१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउने उद्देश्यले आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्ने तयारी



काठमाडौं । कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउने उद्देश्यले २५६४औँ बुद्ध जयन्तीको अवसरमा आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्न सरकारले आव्हान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४औँ जन्मजयन्तीका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं स्वयंसेवकहरूप्रति उच्च सम्मानस्वरूप, संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण गरेकाको शान्तिका लागि आज बेलुकी दीप प्रज्ज्वलन गर्न आव्हान गरेको हो ।

बुद्ध जयन्तीको अवसरमा औपचारिक कार्यक्रम नगरेर आज बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिनुभयो ।

२५६४औँ बुद्ध जयन्तीलाई सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको कामनासहित विश्व शान्तिको कामना गर्दै मनाउने तयारी गरिएको हो ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उहाले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिनुभएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ९ : १० बजे

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको