२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।

शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्र्क सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताए ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : १२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय