३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा अधिवेशन नहुँदै नयाँ नेतृत्व चयन



बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको संचालक संस्था गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थामा अधिवेशन नहुँदै नयाँ नेतृत्व चयन गरिएको छ । वर्तमान अध्यक्ष एजाज आलम अधिवेशनको उदघाटन नहुँदै अध्यँ निर्वाचित भएको खबर सार्वजनिक गरिएको छ । शनिबारका लागि आह्वान गरिएको संस्थाको अघिल्लो दिनै एजाज आलमको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । आन्तरिक सहमतिमा केही प्रमुख व्यक्तिहरुको उपस्थितीमा निर्वाचित भएको भनिएको आलम नेतृत्वको टिमको भने शनिबार आयोजना हुने अधिवेशनमा घोषणा हुने बताइएको छ ।

संस्थाको नवौं साधारणसभा तथा अधिवेशन शनिबारका लागि आह्वान गरिएको छ । संस्थाको विधानमा अध्यक्ष बाहेक अरु पदाधिकारी कार्यसमितीको पहिलो बैठकले चयन गर्ने व्यवस्था गरिए बमोजिम अहिले अध्यक्ष र कार्यसमिती सदस्य मात्रै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन पूर्व कार्यसमितीमा निर्वाचित भनिएका सदस्यहरुमा सम्मानित सदस्यबाट होमराज बस्याल र रामप्रसाद बस्याल, विशिष्ट सदस्यबाट बाबुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ तथा संस्थागत सदस्यबाट उपेन्द्र कुमार अग्रवाल निर्वाचित भएका हुन् । त्यस्तै संस्थापक खुल्ला सदस्यतर्फ बोनिन पिया, दिनेशराज रेग्मी, गुणनिधी भण्डारी, हिरामणी भट्टराई, जिवन प्रसाद अधिकारी र शिव कुमार पाठक ििनर्वाचित भएका छन् ।

संस्थागत सदस्य महिला तर्फ भगवती पाण्डे र बनिका देवी शर्मा निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ । संस्थाको कार्यसमितीमा अस्पतालका निर्देशक, रुपन्देही उद्योग संघ, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ बुटवल साउथ र रोटरी क्लब अफ डाउनटाउनबाट एकएक जना पदेन सदस्य मनोनित हुने विधानमा व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए ।

संस्थाको साधारणसभा, अधिवेशन तथा गौतमबुद्ध मुटु अस्पतालको नवौ स्थापना दिवसलाई नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष आलमले बताए । बुटबलका उद्योगीहरुको पहलमा २०७० साल पुस १० गते औपचारिक रुपमै सामुदायिक मुटु अस्पताल सुरु भएको थियो ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : ०४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र