१७ बैशाख २०८१, सोमबार | April 29, 2024

हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित



ताप्लेजुङ । ताप्लेजुङका विभिन्न हिमाली बस्तीमा हिमपात पर्न सुरु भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै जनजीवन प्रभावित हुन पुगेको हो ।

घुन्सा क्षेत्रमा बुधबारदेखिनै सामान्य रुपमा हिमपात हुन सुरुभए पनि शुक्रबार भने निकै बाक्लो हिमपात पार्न थालेको घुन्साका स्थानीय पेमा शेर्पाले बताए । उनले भने, ´अहिले पनि हिउँ परिराछ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।` हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताए ।

हिमपात पर्न सुरुभएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । उनले भने, ´चिसोले केटाकेटीहरूको हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैन । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हुँदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।`

हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताए । हिमाली क्षेत्रका प्रमुख पुर्खौली पेसाको रूपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाले बताए ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि हिमपात भइरहेको स्थानीय तेन्जी शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिए । सामान्य हिमपात मात्र भएकाले तीर्थ यात्रीहरू भने पाथीभरा मन्दिरमा पूजा पाठ गर्न जाने क्रम जारी रहेको काफ्लेले बताए । शुक्रबार ३०० जना भक्तजनले पाथीभरा मन्दिरमा पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ०९ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा