६ श्रावण २०८३, बुधबार | July 22, 2026

महिला भलिबल टोलीको लगातार तेस्रो जित



काठमाडौं । नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५-५, २५-१५ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो ।

नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३-२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३-० को जित निकालेको थियो ।

जितसंगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

महिला टोलीले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १:१५ मा हुनेछ ।

शनिबार नै हुने पुरुषतर्फको खेलमा नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ः४५ मा हुनेछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १२ : ३६ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन